Wednesday, September 25, 2013

किसानहरु चौरिपालन व्यवसाय तर्फ आकर्षित




निराजन पौडेल
रसुवा
दुध उत्पादन केन्द्रले किसानहरुले पाउँदै आएको दुधको मुल्य बढाएपछि रसुवाका उच्च हिमाली भेगका किसानहरु चौरी पालन व्यवसाय प्रति आकर्षित भएका छन् । बिगतमा चौरी पालन व्यवसाय छाडेर बसेका कतिपय किसानहरु अहिले दुधको मुल्य बढेपछि यस पेशा तर्फ लागेका छन् ।
‘पहिला दुधको मुल्य कम थियो चौरीको गोठालो गर्दैमा ठिक्क हुन्थ्यो, ’चौरी पालक किसान चेम्बरसिंह तामाङले भने, ‘अब चाही केही हुन्छ कि भन्ने आशा छ,केही चौरी थप्ने सोचमा छु ।’ तमाङ जस्तै जिल्लाको १६ जना भन्दा बढि किसान चौरी पालन व्यवसाय तर्फ फर्किएका छन् । चौरी पालन व्यवसायबाट जीविकोनिर्वाह नहुने भन्दै चौरी पालन व्यवसायलाई छाडेर घरमा बस्दै आएका किसानहरु यस व्यवसाय तर्फ फर्किएका हुन् ।
जिल्लाको हिमाली क्षेत्रमा चिज, छुर्पी, मखन उत्पादनका लागि चौरीको दुध प्रमुख स्रोत मानिन्छ । जिल्लाको पर्यटकीय स्थल लाङटाङ, गतलाङ, चन्दनबारी चिज उत्पादन केन्द्रले चिज उत्पादनका लागि डिडिसीले पहिला प्रतिलिटर ४० रुपयाँ दिदै आएकोमा हाल बढाएर ५५ रुपयाँ पु¥याएपछि किसानहरु उत्साहित भएका हुन् । बीस देखि तीस वटा चौरी पालन गर्दै आएका कृषकलाई गोठ राख्न र खर्कको समस्या परे पनि अहिले दुध बिक्रि गरी घर खर्च चलाउन मनग्गे पुग्ने गरेको कृषक बताउँछन् । चौरीको दुध बाट मखन,घिउ तथा याक चिज उत्पादन गर्ने गरिन्छ ।
उच्च पहाड कृषि ब्यबसाय जिबिको पार्जन सुधार आयोजना समेतले चौरि पालन गर्ने कृषको सहकारीलाई सहयोग आर्थिक सहयोग प्रदान गरेको छ । जिल्लाको उत्तरी भेगको लाङटाङ,स्याफु्र,गत्लाङ,बृद्धिम चिलिमे लगायतका गाउँ बिकास समितिमा एक सय पचास भन्दा बढि कृषकले चौरीपालन गर्दै आएको जिल्ला पशु सेवा कार्यालय रसुवाले बताएको छ ।

No comments:

Post a Comment