निराजन पौडेल
रसुवा
सधै दाउरा बालेर धुवाको मुस्लो भित्र बसेर खाना पकाउदै आएकी रसुवा डाडागाउँ ३ की नीरा गुरुङ आजभोली गोबरग्यास चुल्होबाट खाना पकाउन पाउँदा दंग छिन् । एक दिनभरी दाउरा खोज्न जादाँ घरको काम नभ्याएर दिक्क उनी बायोग्यास चुल्होले घरायसी काम भ्याईएकोमा खुसी छिन् । ‘गत वर्ष देखि गोबरग्यास चुल्होमा खाना पकाउदै आएको छु,’ उनले भनिन्, ‘अहिले त समयको पनि बचत भएको छ,, ५ जनाको परिवारलाई खाना पकाउदाँ घरभरी धुवाँ हुन्थ्यो, पहिले आगो फुक्न दिक्क लाग्थ्यो अहिले स्वस्थ वातावरणमा खाना पकाईरहेको छु ।’
‘पहिला दाउरा खोज्न जंगल चहार्ने पथ्र्यो, अहिले त्यो समस्याबाट मुक्ति पाएका छौ,’ डाडागाउँ १ का स्थानीय डिल्ली प्रसाद सुबेदीले भने । उनले बायोग्यास चुल्हो प्रयोग पछि आफुलाई पहिलाको तुलनामा सहजता भएको बताए । आगो फुक्न पनि नपर्ने ग्यास खोल्यो आगो बल्यो, खाना पनि छिट्टै पाक्ने भएपछि समयको पनि बचत भएको सुबेदी बताउँछन् ।
खाना पकाउँदा गोबरग्यास चुल्होबाट धुवा नआउने, जंगलमा दाउरा खोज्न जान पर्ने झन्झट नहुने र स्वास्थ्यमा समेत लाभदायी हुने भएपछि रसुवा डाडागाउँ गाबिसका स्थानीयमा बायोग्यास चुल्होको लोकप्रियता बढेको छ । अहिले स्थानीयले खाना पकाउनका लागी दाउराको सट्टा बायोग्यास चुल्हो प्रयोग गर्छन् ।
बैकल्पीक उर्जा प्रवद्धन केन्द्र, जिल्ला बिकास समिती रसुवा, ग्रामिण उर्जा बिकास कार्यक्रम, तथा घर भित्रको धुवाँ निवारण तथा वातावरण संरक्षण मञ्चको संयुक्त कार्यक्रम अन्र्तगत अनुदान सहयोगमा डाडागाउँ गाबिसको १ सय १५ घर लाई प्रतिघर १२ हजारको लगानी गरेपछि किसानहरु गोबरग्यास चुल्हो निर्माणमा आकर्षित भएका हुन् । गाई भैसीको गोबरबाट सजिलै चलाउन सकिने गोबरग्यासँ चुल्हो प्रयोग गर्दा घरभित्रको धुवा पनि निर्मुल हुने र महिलाहरुको स्वास्थ्यमा पनि सुधार आएको छ ।
बायोग्यास चुल्हो प्रयोग पछि बनजंगलमा दाउरा खोज्न जाने प्रचलन अहिले डाडागाउँका स्थानीयमा हटेर गएको छ । एकातिर धुवाबाट निस्कने हानिकारक ग्यासबाट खाना पकाउने महिलाहरुको स्वास्थ्यमा देखिने नकारात्मक असर र धुवाँले वातावरणमा पार्ने प्रभावलाई यस चुल्होले केही हद सम्म न्युनिकरण गरेको घरभित्रको धुवा निवारण तथा वातावरण संरक्षण मञ्चका अध्यक्ष बिनोद पौडेल बताउँछन् ।
धुँवाजन्य रोगबाट बार्षिक ९ हजार गृहिणी महिलाले अकालमै ज्यान गुमाउनु परेको र औषोधीउपचारका लागी मात्र ८ अर्व खर्च हने गरेकाले बायोग्यासको प्रयोग पछि ग्रामिण भेगका स्थानीयलाई सहजता भएको पौडेल बताउँछन् । उनका अनुसार डाडागाउँ गाबिस रसुवा जिल्लाकै पहिलो धुवाँ रहित नमुना गाबिस हो ।
परम्परागत चुल्हो र दाउरा प्रयोग गर्ने चुल्होको तुलनामा बायोग्यास चुल्हो लाभदायिक भएकाले पहिला आफैबाट बायोग्यास चुल्होको प्रयोग थालेपछि गाउँलेहरु पनि यस चुल्हो प्रति आकर्षित भएको अध्यक्ष पौडेल बताउँछन् । वातावरण संरक्षण र धुवाँबाट हुने रोगले जनजिवनको बारेमा स्थानीयलाई प्रष्टाउनुका साथै आफैबाट सुरुवात गरेर सबै गाउँलेहरुलाई बायोग्यास चुल्हो बालेर देखाएपछि गाबिसका सबै स्थानीय आकर्षित भएको पौडेलले बताए ।
गोबरग्यास चुल्होको प्रयोगले भाडा कालो नहुने, चुल्हो फोहोर पनि नहुने र स्वास्थयमा पनि फाईदा हुने बुझेपछि हामी सबैले बायोग्यास चुल्हो प्रयोग गर्ने थालेका छौ, स्थानीय सिरीमाया अधिकारीले भनिन् । ‘पहिला सबै चुल्हो उही हो जस्तो लाग्थ्यो’ अधिकारीले भिनन्, ‘छिमेकीले प्रयोग गरेको देखेपछि आफु पनि बायोग्यास चुल्हो प्रति आकर्षित भए ।’गोबरग्यासको चुल्हो प्रयोग गर्ने संख्या बढेसँगै दाउरा खोज्नका नाममा हुने रुख कटान हुन छाडेको छ । दाउराको सट्टा स्थानीयहरु घाँसमा जोड गर्छन् । बायोग्यास चुल्हो बाल्नका लागि पशुपालन गर्ने स्थानीयको संख्या पनि बढेको छ । गाईभैसीको गोबरको प्रयोगबाट बायो ग्यास निकाल्न सकिने भएकाले पनि पशुपालन व्यवसाय बढेको डाडागाउँ १ का अनन्त प्रसाद पौडेलले बताए ।

No comments:
Post a Comment