Wednesday, September 25, 2013

दर्ता बिना सञ्चालित ईट्टा उद्योगलाई कारबाहीको तयारी



निराजन पौडेल
नियम बिपरित जिल्लाभर सञ्चालनमा आएका ईट्टा उद्योगलाई घरेलु तथा साना उद्योग कार्यालय नुवाकोटले कारबाहीको दायरामा ल्याउने भएको छ । जिल्लाको बिदुर नगरपालिका, खानीगाउँ, गणेशस्थान, रातमाटे लगायतका गाबिसमा ईट्टा उद्योग दर्ता नै नगरी सञ्चालनमा रहेका डेढ दर्जन ईट्टा उद्योगलाई कार्यालयले सात दिने सुचना समेत प्रकाशित गरिसकेको छ ।
सञ्चालनमा आईरहेका ईट्टा उद्योगलाई नियमनमा ल्याउन झन्झटिलो दर्ता प्रक्रिया भएकाले कानुनी प्रक्रियामा ल्याउन समस्या भईरहेको घरेलु तथा साना उद्योग कार्यालय नुवाकोटका प्रमुख विश्वप्रेम ढकालले बताए । ईट्टा उद्योग दर्ताका लागि प्रारम्भिक वातावरणीय प्रभाव मुल्याङ्कन गर्नुपर्ने हुन्छ । तर, ईट्टा उद्योगले वातावरणीय प्रभाव मुल्याङ्कनको प्रक्रिया नै नपु¥याई उद्योग सञ्चालन गरेका छन् । ईट्टा उद्योगले घरेलु को बिभागबाट स्वीकृति लिए पछि जिल्ला घरेलु तथा साना उद्योग कार्यालयले उद्योग सञ्चालनका लागि प्रमाणपत्र दिने व्यवस्था छ ।
बढ्दो शहरीकरण तथा ग्रामिण भेगमा पनि घर निर्माणको कार्यका लागि ईट्टाको प्रयोग गर्नेको संख्या बढेपछि पछिल्लो समय नगर क्षेत्र भित्रै ईट्टा उद्योग सञ्चालन भईरहेका छन् । दुई वर्ष अघि नेपाल सरकारले पुरानो प्रविधिको ईट्टा उद्योगको नविकरण नगर्ने निर्णय गरेपछि जिल्लामा एउटा मात्र आधुनिक ईट्टा उद्योग दर्ता भएर सञ्चालन भईरहेको घरेलु तथा साना उद्योग विकास समिती नुवाकोटका प्रमुख विश्वप्रेम ढकालले बताए । ‘पुरानो प्रबिधिलाई निरुत्साहित गर्दै आधुनिक प्रबिधीको ईट्टा उद्योग दर्ताका लागि मान्यता दिन सरकारले निर्णय गरेको छ,’ कार्यालय प्रमुख ढकालले भने, ‘तर पुरानो प्रबिधिको ईट्टा उद्योग दर्ता नवीकरण नहुने हुदाँ त्यस्ता उद्योगलाई आधुनिक बनाउन भनेका छौ मानिरहेका छैनन् हामीले सात दिने सुचना प्रकाशित गरेका छौ, ढकालले भने अब हामी कारबाही गर्ने तयारीमा छौ ।’
पुरानो प्रविधीको ईट्टा उद्यागबाट निस्कने धुवाँको मुस्लोबाट वातावरणी क्षेत्रमा प्रभाव परेको र दाउरा प्रयोगबाट वनजंगल बिनास हुने क्रम बढ्न थालेको भन्दै उद्योग विभागले दुई वर्ष अघि पुरानो उद्योगको नविकरण नगर्ने र नयाँ आधुनिक ईट्टा उद्योगका लागि मात्र नविकरण र दर्ता गर्ने निर्णय गरेको थियो । नयाँ तथा आधुनिक ईट्टा उद्योग पत्थर, कोईला र विजुलीबाट  सञ्चालन हुने हुदाँ वातावरणीय क्षेत्रमा त्यसको प्रभाव कम रहने हुदाँ आधुनिक उद्योगमा सञ्चालनका लागि प्रोत्साहन गरेको हो ।
चार वर्ष अघि जिल्लामा ७ वटा पुरानो ईट्टा उद्योग दर्ता भएर सञ्चालनमा रहेका मध्ये कुनै पनि उद्योगले नयाँ प्रबिधिमा जानका लागि बिभागबाट स्वीकृती नलिएकोले पुरानो प्रबिधीको ईट्टा उद्योगलाई घरेलु तथा साना बिकास कार्यालयले खारेजी गरेको छ । कार्यालयले खारेजी गरेपनि ति उद्योगहरुले धमाधम पुरानै प्रबिधिमा ईट्टा उद्योग सञ्चालन गरिरहेका छन् । कतिपय उद्योगले वातावरणीय प्रभाव मुल्यांकन नै नगरी बिदुर नगर क्षेत्रमा सञ्चालनमा आईरहेको कार्यालयले जनाएको छ । वातावरण प्रभावको असर र स्वीकृति नै नलिई सञ्चालन भएका ति उद्योगले कर तिर्दैनन् । जसका कारण घरेलु उद्योग कार्यालयले बार्षिक करोडौको राजस्व गुमाउदै आईरहेको छ ।
उद्योग बिभागमा पुरानो प्रबिधिबाट ईट्टा उद्योग सञ्चालन गर्न दर्ता भएका बिदुर नगरपालिका ४ मा रहेको महर्जन ईट्टा उद्योग,लक्ष्मी ईट्टा उद्योग, नारायण ईट्टा उद्योग, बिदुरनगरपालिका ८ मा रहेको एमएमडी ईट्टा उद्योग र रातमाटेमा रहेको नुवाकोट ईट्टा उद्योगले स्वीकृति लिएर सञ्चालनमा थिए । यि उद्योग मध्ये रातमाटेमा रहेको नुवाकोट ईट्टा उद्योगले मात्र आधुनिक प्रबिधीमा सञ्चालन गर्ने गरी अनुमति लिएको घरेलु तथा साना बिकास कार्यालयले जनाएको छ ।

No comments:

Post a Comment